मलेसियामा अवैध बस्ने नेपालीलाई २ वर्ष जेल, २० कोर्रा र लगभग ३ लाख जरिवाना

211
  •  
  •  
  •  

malaysiaमलेसिया, ६ फागुन (ओएनएस) : मलेसियन सरकारले नेपाल लगायत अन्य मलुकका अवैध कामदारलाई स्वदेश फिर्ता हुनको लागि अर्काे मौका दिएको छ ।स्वदेश फिर्ता नभए कडा रुपमा उत्रने मलेसियन अधिकारीहरुले चेतावनी दिएका छन् ।

यो मौका सदुपयोग नगरे नेपाल लगायतका अबैध विदेशी कामदारले कम्तिमा २ वर्ष जेल, २९ कोर्रा र २ लाख ७७ हजार रुपैयाँ जरिवाना हुनेछ । यसअघि मलेसियन सरकारले नेपाल लगायतका अन्य मुलुका अवैध कामदारलाई स्वदेश फर्कन चेतावनी दिएको छ ।

उक्त चेतावनीपछि १५ हजार नेपालीहरु स्वदेश फर्किएका थिए । मलेसियामा ५० हजार भन्दा बढि नेपालीका अवैध कामदार रहेका छन् ।

तर अहिले ल्याइएको अवसरको बारेमा दूतावासमा जानकारी लिन गर्न खोज्दा कोहिसँग पनि सम्पर्क हुन नसकेको नाम नबताउने शर्तमा एक अवैध कामदारले बताए । ती कामदारका अनुसार ३–४ दिन देखि कसैलाई पनि यात्राको अनुमति  पत्र दिनइएको छैन ।

 अवसरको सदुपयोग गर्नको लागि नेपाल मलेसिया रोजगार सघंका सल्लाहकार तथा व्यवसायी लोचन बिमलीले अनुरोध गरेका छन् ।


  •  
  •  
  •