विभिन्न देशका दुई करोड अबैध मुद्रासहित भारतीय नागरिक पक्राउ

240
  •  
  •  
  •  

काठमाडौं, ५ चैत (ओएनएस) : नेपाल प्रहरीले दुई करोड अबैध विदेशी मुद्रासहित एक भारतीय ब्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ लैजान लागेको उक्त रकमसहित भारतीय नागरिक मनोहरलाल कृपालदासलाई पक्राउ गरेको हो ।

ड्रागन एयरबाट हङकङ उड्न लागेका मनोहरलालको साथबाट नेपाली, अमेरिकी, अष्ट्रेलियन, पाउन्ड स्ट्रलिङ, युरो, जापानी र फिलिपिन्सका गरि दुई करोड रुपैयाँ बरामद गरेको हो । जसमा अमेरीकी डलर १ लाख ७९ हहार ८ सय ५०, जापानिज येन ५ लाख ५८ हजार, हङकङ डलर १ हजार ५ सय १०, पाउण्ड स्ट्रलिङ २ सय ५०, युरो १ सय ८०, अष्ट्रेलियन डलर ५०, फिलिपिनी १ हजार ३ सय, भारतीय ९५ हजार र नेपाली रुपैंया दुई लाख रहेको छ ।

प्रस्थानबाट ब्यागेज चेकिङ गर्ने क्रममा उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ । उनले उक्त रकम साढे ४ लिो सुन बेचेर उक्त रकम असुलेको प्रहरीले जनाएका छ । नेपाल आइरहने उनी आफु कपडा व्यसायी भएको बताए पनि उनी अबैध सुनको कारोवारी भएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •