गाउँपालिकाको निर्माणाधीन सभाहलमा बम विस्फोट

209
  •  
  •  
  •  

काठमाडाैँ, २ बैशाख (अाेएनएस) : इलामकाे एक गाउँपालिका कार्यालयमा गएराति बम विस्फोट भएको छ। इलामको चुलाचुली गाउँपालिका कार्यालयमा बम विस्फोट भएको हाे। अज्ञात समूहले प्रेसरकुकर बम विस्फोट गराएको प्रहरीले जनाएकाे छ।

कार्लायलको सभाहलमा प्रेसरकुकर बम विस्फोट गराइएको र सभाहलको निर्माणाधीन माथिल्लो तलामासमेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।।

सभाहलको ८ वटा झ्यालका सिसा फुटेका छन् भने आल्मुनियमको सिलिङमा पूर्णरुपमा क्षति पुगेको बताइएको छ।

बम विस्फोटको घटनाले स्थानीय त्रसित छन्। घटनाका विषयमा गहन रुपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।


  •  
  •  
  •