इलाममा चिहानटै गहना चोरी

168
  •  
  •  
  •  

ilam_district-Map
इलाम, २३ साउन (ओएनएस) : इलामको माईजोगमाई गाउँपालिका–४ नामसालिङमा चिहानबाटै गहना चोरी गरेको पाइएको छ । चिहानमा गाडिएको शव खनेर सुनको चार आनाको मंगलसुत्र चोरी भएको हो ।

बुधबार मृत्यु भएकी नामसालिङकी ३० वर्षीया सुनिता लिम्बू शव खनेर २४ घण्टाभित्रै शुक्रबार राति गहना चोरी भएको छ । टाइफाइडका कारण मृत्यु भएकी लिम्बूको शव बिहीबार मात्रै लिम्बू परम्पराअनुसार घर नजिकै माटोमा पुरिएको थियो ।

स्थानीयकाअनुसार शवको कानमा लगाएको सुन बाहेक अन्य गहना पनि चोरी भएको छ । शव पुनः गाडिएको छ । लिम्बू परम्परामा मानिसको मृत्यु भएपछि शवसँगै उसले लगाएका गरगहना र प्रयोग गरेका सामग्री चिहानमा पुर्ने प्रचलन छ ।


  •  
  •  
  •