प्रहरीको नयाँ आइजिपी नेपाल प्रहरीमा सर्वेन्द्र, सशस्त्र प्रहरीमा शैलेन्द्र

411
  •  
  •  
  •  

काठमाडौं, २७ चैत (अाेएनएस) : मंगलबार साँझ ८ बजेपछि दाेस्राे पटक बसेकाे मन्त्रिपरिषद्काे बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवै प्रहरी संगठनकाे अार्इजिपी नियुक्ती बारे निर्णय गरेकाे छ ।

सरकारले नेपाल प्रहरीकाे अार्इजिपीमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीकाे अार्इजिपीमा शैलेन्द्र खनाललार्इ नियुक्त गरेकाे छ। सरकारले बरियताका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीमा आइजिपी नियुक्त गरेको हाे।

नयाँ आइजिपी छनोट गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ प्रधानमन्त्री केपी ओलीसहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादल सहितको बैठक बसेको थियो।


  •  
  •  
  •