अाईजीपी बढुवा सिफारीस समितिको बैठक बस्दै, ‘अाईजीपी एक दावेदार अनेक’, कसले मार्ला बाजी?

249
  •  
  •  
  •  

काठमाडौं, २७ चैत (अाेएनएस) : भाेली बुधबारदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुवै महानिरीक्षक(अाईजीपी) उमेर हदका कारण अनिवार्य अवकाश पाउन लागेकाेले नयाँ अाईजीपी नियुक्तिका लागि गृह मन्त्रालयले प्रक्रिया अघि बढाएको छ। मंगलबार बिहान अाईजीपी बढुवाका लागि बढुवा सिफारीस समितिको बैठक बस्न लागेकाे स्राेतले बताएकाे छ।

अाईजीपी बढुवा समितिकाे बैठक सकिने बित्तिकै अाज नै मन्त्रीपरिषद्को बैठक समेत बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकाे एक उच्च स्राेतले बताएकाे छ।

स्रोतका अनुसार बढुवाका आकांक्षीहरुको कार्यसम्पादन मूल्याङ्कन लगायतका व्यक्तिगत विवरण सोमबार नै मन्त्रालयले झिकाइसकेको छ।

गृह मन्त्रालयका सचिव प्रेम कुमार राईले आज बिहान आइजिपी बढुवाका लागि गृहमा बैठक बस्न लागेको बताए।

नेपाल प्रहरीका अाईजीपी प्रकाश अर्याल र सशस्त्र प्रहरीका अाईजीपी सिंहबहादुर श्रेष्ठले बुधबारदेखि ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश पाउँदैछन्।

नेपाल प्रहरीमा अाईजीपीसँगै प्रशासनतर्फका सबै एआइजीले पनि अनिवार्य अवकाश पाउँदैछन्। त्यसकारण डिआइजीबाट सिधैं आइजिपीमा बढुवा गर्नुपर्ने प्रावधान छ। नेपाल प्रहरीमा आईजिपीको दौडमा डिआईजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की लगायत सनियर प्रहरी अधिकृत छन्।

त्यस्तै सशस्त्र प्रहरीमा अार्इजीपीका लागि एआईजी शैलेन्द्र खनाल अन्य सिनियर प्रहरी अधिकृत भन्दा नाै महिना सिनियर भएकाले उनको सम्भावना बढी छ।


  •  
  •  
  •