आईजीपी एक, दावेदार अनेक

काे-काे हुन् त अार्इजीपीका दाबेदार!
253
  •  
  •  
  •  

काठमाडौं, २६ चैत (अाेएनएस) : नेपाल प्रहरीमा वर्तमान आईजीपी प्रकाश अर्यालले अाजकाे तीन दिन पछि उमेर हदका कारणअवकाश पाउने भएपछि नयाँ आईजीपी बन्न दौडधुप सुरु भएको छ । नयाँ अार्इजीपीकाे लागि तीन जनाकाे दाैडधुप सुरु भएकाे छ।वर्तमान आईजीपी अर्याल यही २९ चैतबाट अवकाश पाउने भएपछि नयाँ आईजीपी बन्न दौडधुप सुरु भएको हाे।

आइजिपीका उम्मेदवारका रुपमा डिआईजी सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्पकर कार्कीको नाम अगाडि छ । तीनै जना डिआईजीहरुले प्रहरी प्रमुखको पद आफ्नो भागमा पार्न नेतृत्वदायी सरकारसँग सक्रियता बढाएका छन् ।३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी अर्याल २९ चैतबाट विदा हुँदैछन् ।

नयाँ आईजीपी कसलाई बनाउने भन्नेबारे सत्तारुढ दल एमाले र माओवादी केन्द्रबीच छलफल भएको माओवादी केन्द्रका एक नेताले बताए । उनका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री ओलीबिच यस विषयमा छलफल भइरहेको छ ।

नेतृत्व फेरिन तीन दिन मात्रै बाँकी रहँदा प्रहरी डिआईजीहरु नयाँ आईजीपी बन्ने दौडमा लागेका हुन् ।

 


  •  
  •  
  •