प्रहरी महानिरीक्षकमा चन्द नियुक्त, सशस्त्रमा श्रेष्ठ

269
  •  
  •  
  •  

jaya bahadur chandकाठमाडौं, १ फागुन (ओएनएस) : सरकारले नेपाल प्रहरीको प्रमुख, प्रहरी महानिरीक्षक (आइजीपी) मा जयबहादुर चन्दलाई  नियुक्त गरेको छ ।

आइतबार बिहान  बसेको मन्त्रिपरिषद् बैठकले डीआइजी चन्दलाई नेपाल प्रहरीको २५औं आइजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।

तेस्रो वरियताका डिआइजी चन्द आइजीपीमा  नियुक्त भएका हुन् । बरियाता क्रमको पहिलो नम्बरमा डीआइजी नवराज सिलवाल तथा दोस्रो नम्बरमा प्रकाश अर्याल भए पनि कांग्रेस सभापति शेरबहादुर देउवाको दवावमा सरकारले चन्दलाई आइजीपीमा नियुक्त गरेको हो  ।

चन्द आइएजीपीमा नियुक्त हुन लागेकाले त्यसलाई राक्न माग गर्दै गत शुक्रबार सर्वाेच्च अदालतमा रीटनिवेदन दर्ता गएको थियो । रीटनिवेदन परेपछि  आइतबार विहान मन्त्रिपरिषदको बैठक आकस्मिक रुपमा डाँकेर उनलाई आइजीपी नियुक्त गरिएको हो  ।

सरकारले तेस्रो बरियतामा रहेका चन्दलाई प्रहरी महानिरीक्षक बनाउन लागेपछि त्यो विधि विपपरित हुने भन्दै अधिवक्ता कपिलदेव ढकालले सर्वोच्चमा  रीटनिवेदन दायर गरेका थिए ।

सशस्त्रमा श्रेष्ठ
यसैगरी, आइतबारको मन्त्रिपरिषद्को बैठकले  सशस्त्र प्रहरीको महानिरीक्षकमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ ।
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक सिंह महानिरीक्षकमा बढुवा भएका हुन् ।


  •  
  •  
  •