आईजीपी नियुक्ति मुद्दाको सुनुवाइ जारी

127
  •  
  •  
  •  

काठमाडौं, ११ फागुन (ओएनएस) : प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तसम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

अधिवक्ता कपिलदेव ढकालले दायरका गरेका दुईवटा रिट निवेदन र डीआईजी नवराज सिलवालले दर्ता गरेको अर्के रिट एउटै इजलासमा राखेर बहस भइरहेको छ । सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलाशमा भइरहेको छ ।

खाजा समय अघि रिट निवेदक कपिल ढकालसहित उनका पक्षबाट ओमप्रकाश अर्याल, भीमार्जुन अर्याल, बद्रीबहादुर कार्की लगायतले बहस गरेका छन् ।

गत फागुन १ गते मन्त्रिपरिषद् बैठकले डीआईजी जयबहादुर चन्दलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसपछि डीआईजी नवराज सिलवालले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

त्यसअघि अधिवक्ता ढकालले माघ २८ गते र नियुक्तिको निर्णय भइसकेपछि फागुन ८ गते अर्काे रिट दर्ता गरेका थिए । अधिवक्ता कपिलदेव ढकालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसमेत ५ र शेरबहादुर देउवासहित ४ जनाको नाममा सर्वोच्चमा रिट हालेका थिए ।

यद्यपी, सरकारले चन्दलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेकै दिन सर्र्वाेच्च अदालतले अल्पकालिन अन्तरिम आदेश जारी गरिसकेको छ ।


  •  
  •  
  •