आईजीपी नियुक्तिसम्बन्धीको मुद्दा ‘हेर्दाहेर्दै’ मा, भोलि पुनः सुनुवाई

154
  •  
  •  
  •  

Supreme_court_nepalकाठमाडौं, ६ चैत (ओएनएस) : नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिसम्बन्धीको सर्वाेच्च अदालतमा दायर मुद्दा ‘हेर्दाहेर्दै’ मा परेको छ ।

आइतबार प्रधानन्यायाधीश सुशीला कार्कीसहितको ५ सदस्यीय वृहद पूर्ण इजलासमा परेको मुद्दाको बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ मा परेको हो । मुद्दामा सोमबार (भोलि) पुन सुनुवाइ हुने भएको छ ।

कार्कीको इजालसमा न्यायाधीशहरू हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेका छन् ।
चैत १ गते न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको संयुक्त इजलाशले डीआईजी जयबहादुर चन्दको कार्यसम्पादन मूल्यांकनसम्बन्धीको अभिलेख मिसिलमा समावेश गर्न आदेश जारी गरेको थियो । र, सर्वाेच्चले आदेश जारी गर्दै उक्त मुद्दा विशेष रुपमा अग्राधिकार प्रदानगरी तत्काल सुनुवाई सम्पन्न गर्न भनेको थियो ।

अधिवक्ता कपिलदेव ढकालले दायर गरेका २ वटा रिटनिवेदन र डीआईजी नवराज सिलवालले दर्ता गरेको अर्को रिट एउटै इजलासमा राखिएको छ ।

सरकारले गत फागुन १ गते डीआईजी चन्दलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसपछि डीआईजी नवराज सिलवालले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।


  •  
  •  
  •