आईजीपी प्रकरणमा सर्वाेच्च पुगेका डीआर्इजी अर्यालद्वारा रिट फिर्ता

92
  •  
  •  
  •  

dig prakash aryalकाठमाडौं, १३ चैत (ओएनएस) : आईजीपीका लागि आफ्नो पनि ‘कार्यसम्पादन मूल्यांकन गरियोस्’ भन्दै गत चैत ७ गते सर्वाेच्च अदालत पुगेका डीआईजी प्रकाश अर्यालले अन्ततः रिट निवेदन फिर्ता लिएका छन् ।

prakash aryal1डीआईजी अर्यालले फागुन १० गते रिट फिर्ताका लागि पुरक निवेदन दर्ता गरेपछि सर्वाेच्चले उनको रिट फिर्ताको जनाउ दिएको हो ।

न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलाशमा रहेको उनको रिट निवेदनको पेशी आइतबारका लागि तोकिएको थियो । तर, अर्यालले चैत १० गते नै रिट फिर्ताका लागि पुरक निवेदन दिएपछि सर्वाेच्चको आजको पेशी सूचीमा ‘प्रकाश अर्यालद्वारा निवेदन फिर्ता’ लिइएको उल्लेख छ ।

आईजीपी विवादमा सर्वोच्चले सरकारले गरेको नियुक्ति उत्प्रेषणद्वारा बदर गर्दै नयाँ नियुक्तिका लागि परमादेश दिएपछि उनले पनि रिट फिर्ता लिएका हुन् ।

यसअघि सर्वाेच्चले डीआईजीद्वय जयबहादुर चन्द र नवराज सिलवालको मात्र ‘कार्यसम्पादन मूल्यांकन’ मागेको भन्दै उनी सर्वाेच्चमा पुगेका थिए । तर, सर्वाेच्चले चैत ८ गते परमादेश जारी गर्दै चारवटै डीआईजीको कार्यसम्पादन मूल्यांकनको विश्लेषण गरेको थियो ।

चैत ७ गते दायर रिटको पेशी ८ गते न्यायाधीश हरिकृष्ण कार्कीको इजलाशमा परेपनि उनले हेर्न नभ्याएपछि चैत १३ गतेका लागि पेशी सारिएको थियो ।


  •  
  •  
  •