पवनपुत्र हनुमानका नाममा परिचय पत्र जारी भएपछि …

135
  •  
  •  
  •  

काठमाडौं, २८ भदौ (एजेन्सी) : भगवान रामका परमभक्त महाशक्तिशाली हनुमानका नामलाई चिनाउन कुनै परिचय पत्रको आवश्यकता छैन । हिन्दुहरु त उनलाई भगवानकारुपमा पूजा गर्दै आइरहेका छन् ।

हिन्दु धर्म मानिने विश्वका कुनै पनि कुनामा उनलाई चिनिन्छ र पुजिन्छ । तर, भारतको राजस्थान राज्यले भने उनको नाममा मेसिन डिेवल परिचयपत्र जारी गरेको छ । सो परिचयपत्रका आधारमा हनुमान ठेगना भारतको राजस्थान राज्यको वार्ड नंबर ६, पंचायत समितिको नजिकै, रामगढ़, सीकर, दांतारामगढ़, राजस्थान—३३२७०३ हो । यो ठेगनामा बाबुको नाम पवनजीका पुत्रका रुपमा महनुमानजीको नाममा परिचयपत्र जारी भएको हो ।

यो परिचयपत्र बनाएपछि परिचय पत्र बनाउने कम्पनीले सो ठेगनामा हुलाकमाफर्त परिचयपत्र पठाएको थियो । तर, सो ठेगनामा हनुमानजी नभेटिएपछि हुलाक सेवाको टाउको दुखाई भयो । ३–४ दिनसम्म खोजेर पनि सो ठेगना थाहा नभएपछि हुलाकका कर्मचारीले चिठि खालेर परिचयपत्र हेरेका थिए । परिचयपत्र भगवान हनुमानका नाम देखेपछि हुलाकका कर्मचारी पनि छक्क परे ।

एक हनुमानजी नामका स्थानीयलाई हुलाकीले यो चिठि दिएका थिए । तर, ती व्यक्तिले यो पत्र आफ्नो नभएको बताएपछि हाल सो परिचयपत्र बेंगलरु फिर्ता पठाइएको बताइएको छ ।

परिचयपत्र बनाउने कम्पनीका अपरेटरको हेलचेक्र्याइँका कारण यस्तो घटना भएको बताइएको छ । परिचयपत्र जारी गर्ने संगठन यूआईडीएआईका उप महानिदेशक अशोक दलवईले भने, ‘अपरेटरले जानिबुझी यो गड़बड़ी गरेको हो । यस अपरेटरलाई वरखास्त गरिन्छ । यस्तो काम गर्ने एजेन्सीलाई कारबाही हुन्छ ।’


  •  
  •  
  •