होटल सोल्टीमा २ सय ८० ‘हाई प्रोफाइल’, हेर्नुहोस् फोटोफिचर

95
  •  
  •  
  •  

काठमाडौं १० असार (ओएनएस) : काठमाडौंमा सुरु भूकम्पपछिको पुनःनिर्माण, पुनःस्थापना तथा नवनिर्माणका निम्ति बाह्य सहायता जुटाउन ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’मा विभिन्न देशका प्रतिनिधिले नेपालको लागि ४ सय अर्ब बढी नेपाली रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

होटल सोल्टीमा भएको सम्मेलनमा प्रधानमन्त्री सुशील कोइरालाले विदेशी पाहुनालाई धन्यवाद दिनुका साथै रकम वास्तविक पीडितको हातमा पुग्ने प्रतिबद्धता जनाए । यस्तै अर्थमन्त्री रामशरण महतले सहयोग मात्र नभइ सद्वभाव बाढ्न सम्मेलन आयोजना गरिएको बताए ।

सम्मेलनमा भारतीय विदेश मन्त्री सुष्मा स्वराज, चिनीयाँ विदेश मन्त्री वाङली, जापानका विदेश राज्य मन्त्री मिनोरु, अमेरिकी राजदूत पिटर बोडे लागयतकले सहयोग रकम घोषणा गरेका थिए ।

यस्तै संयुक्त राष्ट्र संघका महासचिव वान की मूनको भिडियो सन्देश पनि प्रस्तुत गरिएको थियो । सम्मेलनमा ५६ मुलुक तथा निकायबाट करिब २ सय ८० प्रतिनिधि सहभागी छन्। हेर्नुहोस् फोटोफिचर :-ICNR2015 (1)

ICNR2015 (2) ICNR2015 (3) ICNR2015 (4) ICNR2015 (5)
ICNR2015 (7)
ICNR2015 (8) ICNR2015 (9) ICNR2015 (10) ICNR2015 (11) ICNR2015 (12) ICNR2015 (13)


  •  
  •  
  •