‘ह्युम्यानिटेरियन जिआईएस अवार्ड’ इसिमोडलाई

130
  •  
  •  
  •  

काठमाडौ, ५ साउन(ओएनएस) : ICIMOD gets GIS Award गरिएको छ । इसिमोडलाई गत बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा उद्धार तथा राहत कार्यक्रममा योगदान गरेको भन्दै उक्त अवार्ड दिएको हो । सोमबार क्यालिफोर्नियामा भएको एक सम्मेलनका क्रममा इन्भारमेन्टल सिस्टम रिसर्च सिस्टम(इस्री )का अध्यक्ष ज्याक डेन्गरमोण्डले प्रदान गरेका थिए । उनले अवार्ड स्ट्राटेजिक कोअपरेशनका लागि निर्देशक बसन्त श्रेष्ठलाई दिएका थिए ।

कार्यक्रममा इसिमोड उद्धार तथा राहतका कार्यका लागि चिनिने बताउँदै ज्याकले नेपालमा पहिले देखिनै यस्ता कार्य गर्दै आएको र उक्त राहत तथा उद्धार कार्यलाई थप उचाईमा पुर्याएको बताएका थिए ।

भूकम्पपछिको अवस्थामा इसिमोडले आफ्नो तर्फबाट विषेश फोर्स निर्माण गरेर भौगोलिक डाटा लिएर त्यसलाई अध्ययन गरी राहत तथा उद्धार कार्यलाई सहज बनाएको थियो । यस्तै, नेपालको गृहमन्त्रालयसँग सहकार्य गरी इस्रीको प्राविधीक सहयोगमा सूचना केन्द्र स्थापना गरी स्पेस एजेन्सी, संयुक्त राष्ट्र संघ, दातृ निकाय, शैक्षिक तथा अनुसन्धान संस्था, स्थानीय एनजीओहरू, निजी क्षेत्र र स्थानीयलाई सूचना प्रदान गर्ने कार्य गरेको थियो ।


  •  
  •  
  •