अमेरिकामा बनाइयो झन्डै १४ सय मिटर लामाे आईसक्रीम, गिनिज बूकमा नाम

745
  •  
  •  
  •  

१९ चैत्र : अमेरिकामा झन्डै १४ सय मिटर लामाे आईसक्रीम बनाइएकाे छ। याे अाइसक्रिम अहिले सम्मकै सबैभन्दा लामो आईसक्रीम अमेरिकन सञ्चार माध्यमहरुले जनाएका छन्।
आईसक्रीमको लम्बाइ एक हजार ३८६ दशमलब ६२ मिटर छ ।

अहिले सम्मकै सबैभन्दा लामो आईसक्रीम भएकाे हुनाले आईसक्रीमकाे नाम गिनिज बूक अफ वर्ल्ड रिकर्ड्समा दर्ता भएको छ । यसमा लगभग एक हजार ८ सय ९२ किलाग्राम भनिला आईसक्रीम र क्यान्डी क्रन्च चकलेट प्रयोग भएको छ । संसारको सबभन्दा लामो यो आईसक्रीम स्पिरिट अफ टेक्सास उत्सवमा बनाइएको थियो ।

आईसक्रीममा ११ सय ३५ किलो चकलेट र स्ट्रबेरी सिरप, दुई हजार क्यान क्रीम, २५ पाउन्ड स्प्रिंकल र २० हजारवटा चेरी प्रयोग गरियो । यसलाई मूल्यांकन गर्नका लागि गिनिज वर्ल्डकी अधिकारी क्रिस्टिना कोनलोन उपस्थित थिइन् । गिनिज बूकमा दर्ता भएपछि यो आईसक्रीम त्यहाँ उपस्थित चार हजार मानिसले आधी घन्टामा खाएका थिए ।
एजेन्सी


  •  
  •  
  •