एसिया उपक्षेत्रीय प्रतियोगिताको विजेता नेपाली टिम आज स्वदेश फर्कँदै

786
  •  
  •  
  •  

काठमाडौं, २७ असाेज (ओएनएस) : एसिया उपक्षेत्रीय प्रतियोगिताको विजेता बनेको नेपाली टिम आज स्वदेश फर्किदैछ । आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत उक्त एसिया उपक्षेत्रीय प्रतियोगितामा नेपाली टिम विजेता बनेको हाे ।  नेपाली टिम आज मध्यान्ह साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाली टिमका म्यानेजर रमन सिवाकोटीले जानकारी दिए ।

नेपालले छनोट प्रतियोगितामा ६ खेलमध्ये पाँच खेलमा फराकिलो अन्तरले जित निकालेको थियो भने अन्तिम खेलमा सिंगापुरसँग पानी परेपछि बराबरीमा चित्त बुझाएको थियो । सिंगापुर र नेपालको खेल बराबरी भएसँगै समान ११–११ अंक भए पनि रनरेटका आधारमा नेपालले उपाधि जित्न सफल भएको थियो । उपाधि विजेता नेपाली टिमलाई काठमाडौंमा भव्य स्वागत गर्ने तयारी पनि गरिएको छ ।


  •  
  •  
  •