डिभिजन टुः टस जितेर बलिङ गर्दै नेपाल

98
  •  
  •  
  •  

अपडेटः नामिबियाविरूद्धको खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । केहीबेरमा खेल सुरू हुनेछ ।

काठमाडौं ७ माघ (ओएनएस) : हिजो शानदार जीत हात पारेको नेपाल आज पनि जितको लागि तयारी अवस्थामा छ । आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टु मा आज नेपालले नामिबियाको सामना गर्दैछ ।

एक खेलमा हार व्यहोरेको नेपालले अपराजित नामिबियाविरुद्धको चौथो खेल विन्डहोकमा प्रतिस्पर्धा गर्ने भएको हो । नामिबियाले आफ्नो तेस्रो खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेपछि लगातार तीन जित निकाल्दै आफ्नो अपराजित यात्रा कायम राखेको छ ।

क्यानडासँग भएको हिजोको खेलमा खेलमा नेपालले सात विकेटले नेपाल विजयी भएको हो । लगातार दुई खेल जितेको नेपाली टोली उच्च मनोबलका साथ मैदान छिर्ने छ भने नामिबियापनि घरेलु मैदान र दर्शकका साथै लगातार तीन खेलमा पाएको सफलताका कारण उच्च मनोबलका साथ उत्रने छ ।

डिभिजन २ जिते के पाउँछ नेपालले ?


  •  
  •  
  •