आईसीसी वर्ल्ड क्रिकेट लिगका ३ खेल नेपालले घरेलु मैदानमा खेल्ने

123
  •  
  •  
  •  

ICCकाठमाडौ, २ फागुन(ओएनएस) : आइसीसी वर्ल्ड डिभिजन २ क्रिकेटमा चौथो स्थानमा चित्त बुझाएको नेपालले आईसीसीको नयाँ नियमपछि वर्ल्ड क्रिकेट लिग च्याम्पियनसीपका ३ खेल घरेलु मैदानमा खेल्ने भएको छ ।

आईसीसीले शनिबार सार्वजनिक गरेको खेल तालिका अनुसार नामिबिया, पपुवा न्यूगिनी र केन्याविरुद्ध खेलिने खेल नेपालमा नै हुने भएको छ । खेल तालिकाअनुसार नेपालले अप्रिलदेखि जुनको बीचमा पहिलो खेल स्कटल्यान्डविरुद्ध खेल्नेछ । दोस्रो खेल अगष्टदेखि नोभेम्बरबीचमा पपुवा न्यूगिनीविरुद्ध खेल्नेछ भने तेस्रो खेल नामिबियाविरुद्ध सन् २०१६ को फेब्रुअरीदेखि जुनबीचमा हुनेछ ।

आईसीसीका अनुसार चौथो खेल सन् २०१६ को अगष्टदेखि नोभेम्बरबीचमा नेदरल्यान्ड्ससँग, पाँचौ खेल सन् २०१७ को फेब्रुअरीदेखि जुनभित्र केन्याविरुद्ध, छैटौं खेल सन् २०१७ को जुलाईदेखि नोभेम्बरबीचमा हङकङविरुद्ध र सातौं खेल सन् २०१७ को नोभेम्बरदेखि डिसेम्बरबीचमा युएईविरुद्ध हुनेछ ।


  •  
  •  
  •