टस हारेर ब्याटिङ गर्दै नेपाल

321
  •  
  •  
  •  

काठमाडौं ९ माघ (ओएनएस) : नामिबियामा जारी आईसीसी वर्ल्ड डिभिजन २ को आफ्नो अन्तिम खेलमा केन्यासँग प्रतिष्पर्धा गर्दैछ ।

केहीबेरमा सुरू हुने खेलमा केन्याले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ । नेपालले आजको खेलमा आरिफ शेखको ठाऊँमा नरेश बुढाएरलाई पुनः टोलीमा फर्काएको गरेको छ । खराब फर्ममा रहेका नरेशलाई केन्याविरूद्धको खेलमा भने फिर्ता बोलाएको हो ।

नेपालले लिगको अन्तिम खेलमा पहिलो इनिङमा ब्याटिङ गर्न लागेको छ । अहिलेसम्म खेलेका ४ खेलमा नेपालले यसअघि पहिलो इनिङमा ब्याटिङ गरेको थिएन ।

केन्याविरूद्धको खेलमा जित हासिल गरे विश्वकप क्रिकेटको ढोका खुल्नेछ । नामिबियामा जारी आइसिसी वर्ल्‍ड क्रिकेट लिग डिभिजन दुईमा शुक्रबार केन्यालाई पराजित गरे नेपाल डिभिजन एकमा पुग्ने छ। अन्तिम खेलमा आज केन्यासँग सामना गर्दैछ । हारे पनि नेपाल अगाडि बढ्ने सम्भावना छ, तर नेपालले झिनो रनले हारेको खण्डमा र अन्य देशको रनरेट पनि कम भएको अवस्थामा ।

नेपाल केन्यासँग पराजित भए तथा नेदरल्यान्ड्स र क्यानडाले आ-आफ्ना खेल जिते शीर्ष चार टोलीको समान अंक हुनेछ। यस्तो स्थितिमा डिभिजन एकमा उक्लने टोलीको टुंगो नेट रनरेटका आधारमा लगाइने छ। आज नेदरल्यान्ड्स र युगान्डा तथा नामिबिया र क्यानडाबीच पनि खेल हुनेछ।

आजको खेलमा पराजय बेहोर्दा पनि नेपालको डिभिजन १ मा पुग्ने सम्भावना कमजोर भने छैन् । क्रिकेट अनिश्चितताको खेल हो, यसकारण पनि खेलमा के हुन्छ भन्न सकिने अवस्था खेलको अन्तिम स्थितिसम्म पनि थाहा हुँदैन । आजको अन्य खेलमा युगाण्डाले नेदरल्याण्डलाई र नामिबियाले क्यानडालाई पराजित गर्न सके नेपालको डिभिजन १ पक्का हुनेछ ।


  •  
  •  
  •