नेदरल्याण्ड्ससँग नेपाल ४५ रनले पराजित,विश्वकप छनोटमा नेपाल आठौं स्थानमा सीमित

249
  •  
  •  
  •  

काठमाडाैँ , ३ चैत (ओएनएस) : सातौं स्थानका लागि शनिबार भएको प्लेअफ खेलमा नेपाललाई नेदरल्यान्ड्सले ४५ रनले पराजित गरेको हो। आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाल अब आठौं स्थानमा सीमित भएकाे छ।

१ सय ९० रनको लक्ष्य पछ्याएको नेपाल ४४.४ ओभरमा १ सय ४४ रनमा अलआउट भयो।

नेपालका लागि सोमपाल कामीले सबैभन्दा बढी ३६ रन जोडे। उनले ५३ बल खेल्दै ३ चौका र १ छक्का हिर्काए। सन्दीप लामिछाने १४ रनमा नआउट रहे।

नेपालको ओपनिङ सधैं झैं खराब रह्यो। ओपनर ज्ञानेन्द्र मल्ल ४ रनमा आउट हुँदा अर्का ओपनर अनिलकुमार साहले ८ रन मात्र जोडे। कप्तान पारस खड्का २२ रनमा पेभिलियन फर्के। उनले ३७ बलमा ३ चौका प्रहार गरे।  लगत्तै आरिफ शेख ५ रन र रोहित कुमार पौडेल शून्य रनमा आउट भए। दीपेन्द्रसिंह ऐरीले ३४ रनको योगदान गरे। उनले ४९ बलमा ३ चौका  हिर्काए। शक्ति गौचन शून्य रनमा आउटत हुँदा करण केसीले २३ बलमा ३ चौकाको मद्दतमा १३ रन बटुले।

बलिङतर्फ नेदरल्यान्ड्सका भान डेर मेर्वेले ४ विकेट लिए।

त्यसअघि जिम्बावेको क्वेक्वे मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ५०  ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ८९ रन जोड्यो।

नेदरल्यान्ड्सका लागि बास डे लिडीले सवैभन्दा बढी ३९ रन जोडे। उनले ९१ बल खेल्दा ४ चौका प्रहार गरे। उनलाई सोमपाल कामीले विकेटकिपर अनिलकुमार साहबाट स्टम्टपिन गराए।

यस्तै यस्तै भान डेर मेर्वे र स्कट इडवार्डलाई ललित राजवंशीले आउट गरे। दुवैले समान २५–२५ रन बटुले।  यस्तै ओपनिङ ब्याट्सम्यान म्याक्स ओडोडलाई सन्दीप लामिछानले २८ रन बनाएर खेलिरहदा बोल्ड गरे।

नेदरल्यान्ड्सका पिटर सिलरलाई शक्ति गौचनले अन्तिम ओभरमा २३ रनमा आउट गरे। सेन स्नटरले नआउट २३ रन बटुले।


  •  
  •  
  •