दोस्रो खेलमा नेपाल बर्मुडाको सामाना गर्दै (लाइभ) :

95
  •  
  •  
  •  

काठमाडौं ६ कात्तिक (ओएनएस) :  मलेसियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन ‘थ्री’ मा नेपालले आज दोस्रो खेलमा प्रतिस्पर्धा गरिरहेको छ । प्रतियोगिताको दोस्रो खेलमा अहिले नेपालले बर्मुडाको सामना गरिरहेको छ । टस जितेपछि नेपालले फिल्डिङ रोजेको छ ।विहीबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा युगान्डासँग २० रनले पराजित भएको नेपाल आज बर्मुडालाई पराजित गरी उपाधि दाबेदारी दिन चाहन्छ ।

उता, बर्मुडा भने पहिलो खेलमा अमेरिकासँग पराजित भएको थियो । ६ टोली सहभागी डिभिजन ‘थ्री’बाट शीर्ष दुई टोली डिभिजन ‘टु’मा पुग्दा पुछारका दुई टिम डिभिजन ‘फोर’मा झर्नेछन् ।

लाइभ स्कोरका लागि यहाँ क्लिक गर्नुहोस


  •  
  •  
  •