आइसीसी विश्वकप छनोट–नेपाल र नेदरल्यान्ड्स आज भिडदैँ

267
  •  
  •  
  •  

काठमाडौं, ३ चैत (ओएनएस) :आइसीसी विश्वकप छनोटमा सातौं स्थानका लागि नेपालले शनिबार नेदरल्यान्ड्सको सामना गर्न लागेकाे छ।
अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा पहिलो पटक एक दिवसीय मान्यता पाएको नेपाल जिम्बाब्वेमा जारी आइसीसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत साताैँ स्थानको लागि हुने प्लेअफ खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्दैछन् ।
बिहीबार भएको प्लेअफ खेलमा नेपालले पपुवान्यूगिनीलाई ६ विकेटले पराजित गरेसँगै नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने पाएकाे थियाे।
एक दिवसीय खेलमा नेपाल र नेदरल्यान्डस् अहिलेसम्म चार पटक आमने सामने भएका छन् । जसमा दुवै टोलीले समान दुई दुई खेल जितेका छन् ।
शनिबार नै नवौँ स्थानका लागि हङकङ र पपुवान्यूगिनी पनि भिड्दैछन् ।

  •  
  •  
  •