विश्वकप छनोट : अन्तिम चरणका तीन खेल, अाज,भाेली र पर्सी

320
  •  
  •  
  •  

काठमाडौं, ७ चैत (अाेएनएस) : आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत अन्तिम चरणका तीन खेल अाज,भाेली र पर्सी हुदैँछ।
जिम्बावेमा जारी विश्वकप छनोट खेल अन्तर्गत सुपर ६ को अन्तिम चरणको खेल बाँकी रहदा वेस्ट इन्डिज विश्वकपमा छनोट नजिक पुगेको छ।
जिम्बावे र स्कटल्यान्डको पनि विश्वकप छनोट सम्भावना प्रवल छ। यता आयरल्यान्ड र अफगानिस्तानको पनि विश्वकपमा छनोट हुने आसा छ।
अन्तिम चरणमा बुधबार वेस्ट इन्डिज र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ भने बिहीबार जिम्बावे र युएई तथा शुक्रबार अफगानिस्तान र आयरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।छनोट दौडमा रहेका ६ मध्ये २ टिम मात्र विश्वकपमा छनोट हुनेछन्।


  •  
  •  
  •