खेलकै क्रममा मोइनले गाजाको समर्थनमा रिष्ट ब्याण्ड लगाएपछि विवादमा

277
  •  
  •  
  •  

moeen aliकाठमाडौ, १३ साउन (एजेन्सी): भारत र बेलायतबीचको टेष्ट खेलमा गाजा र प्यालेष्टाइको समर्थनमा रिष्ट ब्याण्ड लगाएर बेलायतका मोइन अली विवादमा घेरिएका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले यस घटनाबारे जाँच गर्ने बताएको छ ।

जाँचमा दोषी पाइए पाकिस्तानी मुलका अलीलाई अनुशासनको कारबाही गर्न सकिने बताइएको छ । तर, बेलायतको क्रिकेट बोर्डले मोइन अलीको बचाऊ गरेका छन् । मोइन अलीले भारत-बेलायतको बीच साउथम्पटनमा भइरहेको तेस्रो टेष्टका क्रममा दोस्रो दिन रिष्ट ब्याण्ड लगाएका थिए । उक्त ब्याण्डमा ‘Save Gava’ र ‘Free Palestine’ लेखिएको थियो । यदी कुनै पनि खेलाडी या टोलीका अधिकारीले बिना क्रिकेट बोर्डको अनुमति लिनुपर्ने हुन्छ ।

आईसीसीको नियमका अनुसार यदि कुनै खेलाडी या टोली अधिकारीले क्रिकेट बोर्डको अनुमतिबिना कुनै पनि सन्देश लेखिएको आर्म ब्याण्ड, कपडा वा अन्य कुनै पनि सामानको प्रयोग गर्न पाइँदैन । खेलाडीलाई मैदानमा राजनीतिक, धार्मिक र नस्लसँग जोडिएको सन्देशको प्रचार गर्नका लागि अनुमति दिइदैन । मोइनले यो रिष्ट ब्याण्ड लगाएर मैदानमा छिर्नुभन्दा पहिले न त टोली व्यवस्थापनको अनुमति लिएका थिए न त यसको कुनै जानकारी दिएका थिए ।

बेलायती क्रिकेट बोर्डले भने मोइन अलीको बचाऊ गरेको छ । बोर्डका अनुसार मोइनले जे गरे त्यसको पछाडि कुनै राजनीतिक उदेश्य थिएन । यो मात्र एउटा मानवीय संवेदनासँग जोडिएको एक सन्देश मात्र हो । बेलायती टोलीका प्रवक्ताले मोइनले यस विषयमा टोली व्यवस्थापनसँग अनुमति नमागेको बताएको छ । यदी अब पनि उनले उक्त ब्याण्ड लगाएर खेल्न चाहे टोलीलाई कुनै आपत्ति नहुने बताएका छन् ।


  •  
  •  
  •