विश्वकप क्रिकेटको उद्घाटनमा जे देखियो…(फोटोफिचर)

144
  •  
  •  
  •  

icc-cricket-world-cup-2015-opening-ceremonyकाठमाडौ, २९ माघ(एजेन्सी) : क्रिकेटको सबैभन्दा ठूलो प्रतिष्पर्धा विश्वकप क्रिकेट आजबाट औपचारिक रूपमा सुरू भएको छ । यसपटक विश्वकप क्रिकेटको आयोजना अष्ट्रेलिया र न्युजिल्याण्डले एकसाथ गर्दैछन् ।

११ औ विश्वकप क्रिकेटको उद्घाटन समारोह न्युजिल्याण्डको क्राइस्टचर्चमा सम्पन्न भएको छ भने अष्ट्रेलियाको मेलवर्नमा पनि उद्घाटन हुने कार्यक्रम रहेको छ । न्युजिल्याण्डमा पौने २ बजेदेखी सुरू भएको उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक प्रस्तुतीका साथै नृत्यहरू प्रस्तुत गरिएको छ । यस्तै, अष्ट्रेलियामा पौने ५ बजेदेखी उद्घाटन समारोह सुरू हुनेछ ।

icc-cricket-world-cup-2015-opening-ceremony2कार्यक्रममा सबैभन्दा पहिले सह-आयोजक न्युजिल्याण्ड टोलीका कप्तान ब्रान्डम म्याकुलमले देशबासीका नाममा सम्बोधन गरेका थिए ।

समारोहमा न्युजिल्याण्ड टोलीका पूर्व कप्तान स्टीभन फ्लेमिङले आफ्नो अभिनय कला प्रस्तुत गरेका थिए । कला प्रस्तुत गर्ने क्रममा फ्लेमिङले स-साना बच्चाहरूलाई क्रिकेटर बन्ने टिप्सहरू दिएका थिए ।

बंगलादेशी तथा भारतीय कलाकारहरूले पनि उक्त समारोहमा आफ्नो प्रस्तुती पेश गरेका थिए । भारतीय कलाकारहरूले ‘धतिङ डान्स’ मा प्रस्तुती प्रस्तुत गरेका थिए ।

icc-cricket-world-cup-2015-opening-ceremony1उद्घाटन समारोहमा न्युजिल्याण्डका खेलकुद मन्त्री जोनाथन कोलेमनले क्रिकेटमा मानिसको रूची निकै तिव्र रूपले बढ्दै गएको बताएका छन् । उनले भने, ‘ब्ल्याक क्याप्स(न्युजिल्याण्डको राष्ट्रिय क्रिकेट टोली) को लागि पछिल्लो समय निकै राम्रो रह्यो । हामीले न्युजिल्याण्डमा उपलब्ध चार लाख टिकटमध्ये तीन लाखभन्दा बढी बेचिसकेका छौ । यसबाट के थाहा हुन्छ भने प्रतियोगितालाई लिएर मानिसहरूलाई निकै उत्साह रहेको छ ।’

icc-cricket-world-cup-2015-opening-ceremony3विश्वकप क्रिकेटको आयोजना १४ फ्रेबुअरी देखी २९ मार्चसम्म हुनेछ । यसपटक प्रतियोगितामा १४ टोलीले भाग लिँदैछन् । भाग लिने टोलीलाई दुइ समूहमा विभाजित गरिएको छ ।

समूह ए मा अष्ट्रेलिया, इङ्ल्याण्ड, न्युजिल्याण्ड, स्कटल्याण्ड, बंगलादेश, अफगानिस्तान र श्रीलंका रहेका छन् भने समूह बी मा वेष्ट इण्डिज, दक्षिण अफ्रिका, आयरल्यान्ड, पाकिस्तान, भारत, युनाइटेड अरव इमिरेट्स र जिम्बाब्बे रहेका छन् ।

icc-cricket-world-cup-2015-opening-ceremony4१४ फ्रेबुअरीबाट सुरू हुने प्रतियोगिताको लीग चरणमा करिब ४२ खेल खेलिने छन् । क्वाटरफाइनलको खेलहरू १८ मार्चबाट सुरू हुनेछ ।

विश्वकपको पहिलो सेमिफाइनल खेल २४ मार्चमा न्युजिल्याण्डको अकल्याण्डमा र दोस्रो सेमिफाइनल खेल २६ मार्चमा अष्ट्रेलियाको सिड्नीमा भएको थियो । फाइनल खेल अष्ट्रेलियाको मेलवर्नमा २९ मार्चमा खेलिने छ ।

icc-cricket-world-cup-2015-opening-ceremony5


  •  
  •  
  •