आइसीसीद्धारा विश्वकप २०१५ को टोली घोषणा

220
  •  
  •  
  •  

 brendon mccullumकाठमाडौ, १५ चैत(एजेन्सी) : विश्वकप क्रिकेट २०१५ को समापन पछि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले सन् २०१५ को विश्वकप टोलीको घोषणा गरेको छ ।

आईसीसीले घोषणा गरेको टोलीको कप्तानमा न्युजिल्याण्डका कप्तान ब्रेण्डन म्याकुलम चुनिएका छन् । उक्त टोलीमा ५ जना न्युजिल्याण्डका खेलाडी परेका छन् भने ३ जना अष्ट्रेलिया, २ दक्षिण अफ्रिका र १ १-१ जना श्रीलंका र जिम्बाब्बेबाट परेका छन् ।

टोलीका न्युजिल्याण्डका तर्फबाट म्याकुलमसहित मार्टिन गुप्टिल, कोरी एण्डरसन, डेनियल भिटोरी, ट्रेन्ट बोल्ट रहेका छन् । अष्ट्रेलियाका ग्लेन म्याक्सवेल, स्टिभन स्मिथ र मिचेल स्टार्क रहेका छन् भने दक्षिण अफ्रिकाका एबि डिभीलियर्स र मोर्ने मोर्केल, श्रीलंकाका कुमार सांगाकारा र जिम्बाब्बेका ब्रेण्डन टेलर रहेका छन् ।


  •  
  •  
  •