आईसीसी विश्वकप : न्यूजिल्याण्डको दोस्रो जित

104
  •  
  •  
  •  

एजेन्सी । आईसीसी विश्वकपमा न्यूजिल्याण्डले दोस्रो जित हात पारेको छ । पहिलो खेलमा श्रीलंकालाई हराएको न्यूजिल्याण्डले दोस्रो खेलमा बंगलादेशलाई दुई विकेटले हराएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले ४९.२ ओभरमा २४४ रन बनाएको थियो । उसका लागि शकिव अल हसनले ६४ रनको योगदान दिएका थिए । बलिङतर्फ म्याट हेनरीले चार विकेट लिए भने ट्रेन्ट बोल्टले दुई विकेट लिए ।

२४५ रनको लक्ष्य ४७.१ ओभरमा आठ विकेट गुमाउँदै पूरा गरेको थियो ।  न्यूजिल्याण्डको इनिङमा रोश टेलरले सर्वाधिक ८२ रनको योगदान दिए भने केन विलियमसनले ४० रन बनाए ।

बलिङमा बंगलादेशका मेहदी हसन, शकिब अल हसन, मोहम्मद साइफुदिन र मोसादेक हुसेनले दुई–दुई विकेट लिए ।


  •  
  •  
  •