आईसीसी विश्वकप क्रिकेट आजदेखि

299
  •  
  •  
  •  

काठमाडौं । मेगा इभेन्ट आईसीसी विश्वकप बिहीबारदेखि इंग्ल्याण्ड र वेल्समा शुरु हुँदैछ । एक दिवसीय क्रिकेटको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्ड दक्षिण अफ्रिका भिड्दैछन् ।

विश्वकपको उद्घाटन ओभल मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो सवा तीन बजे शुरु हुनेछ ।
प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । राउन्ड रोबिन लिगका आधारमा हुने पहिलो चरणको खेलमा सबै टोली सबैसँग एक–एक पटक प्रतिस्पर्धा गर्नेछन् । त्यसरी खेल्दा शीर्ष स्थान हासिल गर्ने चार टोली सेमिफाइनल पुग्नेछन् ।
सेमिफाइनलमा पहिलो हुनेसँग चौथो र दोस्रो हुनेसँग तेस्रो टोली खेल्नेछन् ।
एक दिवशीय विश्वकप क्रिकेट ४४ वर्ष अघि सन् १९७५ मा इंग्ल्याण्डले शुरु गरेको थियो ।


  •  
  •  
  •