एसीसी यू–१६ इस्र्टन रिजनका लागि नेपाली टोली घोषणा

122
  •  
  •  
  •  

काठमाडौं, ४ वैशाख(ओएनएस) : थाइल्याण्डमा हुने एसीसी यू–१६ इस्र्टन रिजनका लागि नेपाली टोली घोषणा गरिएको छ ।

एशियन क्रिकेट काउन्सिलको आयोजनामा हुने प्रतियोगिताका लागि नेपालले १४ खेलाडीको नाम घोषणा गरेको हो ।

थाइल्याण्डको चाङमाइमा अप्रिल २० देखि २९ सम्म हुने प्रतियोगिताका लागि विशाल विक्रम केसीको कप्तानीमा रहेको टिममा आशिष ठाकुर, प्रसान्त महत, अर्जुन कुमाल, दिपक बोहोरा, सुवास ऐयर, निखिलकुमार संह, विशालकुमार पटेल, क्रिस कार्की, तिलकराज भण्डारी, रमेश कुर्मी, रोहन दुधराज बिक, प्रसान्त सिंह र सुसान्त थापा रहेका छन् ।

अफिसियलमा सुदिप शर्मा म्यानेजर, बसन्त शाही प्रशिक्षक र दिनेश भट्ट फिजियो रहेका छन् । नेपाली टिम भोली थाइल्याण्ड प्रस्थान गर्नेछ ।

जसमा नेपालले पहिलो खेल शनिबार म्यानमारसँग खेल्नेछ भने दोस्रो खेल बुधबार मलेसियासँग खेल्नेछ ।
यस्तै प्रतियोगिताको तेस्रो खेलमा नेपालको प्रतिद्धन्द्धी थाइल्याण्ड रहेको छ । समुह ए मा रहेको नेपालले शिर्ष दुईमा रहन सके सेमिफाइनलमा स्थान बनाउनेछ ।


  •  
  •  
  •