आइसीसीको उत्कृष्ट खेलाडीको अवार्ड सन्दीप लामिछानेलाई

37
  •  
  •  
  •  

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेले ‘आइसिसी प्लेयर अफ दि मन्थ’ को विजेता घोषित भएका छन्। उनी सेप्टेम्बर महिनाका लागि उत्कृष्ट खेलाडी घोषित भएका हुन्।

आइसिसीले गत बुधबार सार्वजनिक गरेको प्लेयर अफ द मन्थको मनोनयनबाट सन्दीपले बंगलादेशका स्पिनर नासुम अहमद र अमेरिका ब्याटर जसकरण मल्होत्रालाई पछि पारेका हुन्।

सन्दीपले अघिल्लो महिना ओमान भ्रमणमा सर्वोत्कृष्ट प्रदर्शन गर्दै ६ खेलमा १८ विकेट लिएका थिए। ओमानमा भएको आइसीसी विश्वकप लिग-२ र पपुवा न्युगिनीसँग दुई ओडिआई खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि आइसिसीको प्लेयर अफ द मन्थको मनोनयन सूचीमा परेका थिए।ओमान भ्रमणमा नेपालको चारै जितमा सन्दीप नायक बनेका थिए।

यस अवार्डको विजेता आइसीसीकै प्यानल र खुला मतदानको मतअनुसार घोषणा भएको हो। आइसीसीको प्यानलमा पूर्व खेलाडी, पत्रकार तथा ब्रोडकास्टरको उपस्थिति रहेको छ।

आइसीसी प्यानलको मतभार ९० प्रतिशत र खुला मतदानको १० प्रतिशत भार रहेको छ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here