आइसीसी पुरुष क्रिकेट सुपर लिग जुलाई ३० देखि हुने

53
  •  
  •  
  •  

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषदले आइसीसी पुरुष क्रिकेट विश्वकप सुपर लिगको घोषणा गरेको छ । लिग साउथ ह्याम्पटनमा जुलाई ३० देखि शुरु हुनेछ । सुपर लिगको सुरुवात विश्वविजेता इंग्ल्याण्ड र आइरल्याण्डबिचको एक दिवशीय शृङ्खलाबाट शुरु हुने परिषदले जनाएको छ ।

सुपर लिगले सन् २०२३ मा भारतमा हुने आइसिसी पुरुष क्रिकेट विश्वकपका लागि छनौट हुने टिमको टुंगो लगाउने छ ।

सुपर लिगमा १३ टिमको सहभागिता रहने छ । त्यसमध्ये १२ टिम आइसिसीका पूर्ण सदस्य हुन् भने आइसिसी विश्व क्रिकेट सुपर लिग २०१५–१७ जितेर स्थान बनाएको नेदरल्याण्डस् अर्को टिम हो ।

सुपर लिगमा हरेक टिमले घरेलु मैदानमा चार र अवे मैदानमा चार खेल खेल्ने छन्।


  •  
  •  
  •