आइसीसीको बैठक शुक्रबार, टी २० विश्वकप स्थगित गर्नेबारे निर्णय हुने

213
  •  
  •  
  •  

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको बैठक शुक्रबार बस्ने भएको छ ।

शुक्रबारको बैठकमा आइसीसीले अष्ट्रेलियामा हुने भनिएको टी २० विश्वकप औपचारिक रुपमा स्थगित गर्ने निर्णय गर्न सक्ने बताइएको छ । अष्ट्रेलियन पत्रिका डेलिटेलिग्राफले जनाएअनुसार आइसीसीको बैठकमा विश्वकप स्थगित गर्ने निर्णय गर्न सक्ने बताइएको छ ।

शुक्रबार हुने बैठकले टी २० विश्वकपको नयाँ मिति भने नतोक्ने बताइएको छ । आयोजकले यो विश्वकप २०२१ मा गर्न चाहिरहेको छ, तर त्यो बेला भारतले विश्वकपको आयोजना गर्दैछ । यदि यो बर्ष नभएमा अष्ट्रेलियाले अरु दुई वर्ष कुर्नुपर्ने भएको छ ।

रिपोर्टका अनुसार अष्ट्रेलियाले सेप्टेम्बरमा इंग्ल्याण्डको भ्रमण गर्न सक्नेछ । जहाँ एकदिवसिय सिरीज खेल्ने योजना रहेको छ । यदि विश्वकप स्थगित भएमा भारतलाई आइपीएल गर्न निकै सहज हुनेछ ।


  •  
  •  
  •