आइसीसी टि–ट्वान्टी महिला विश्वकपः इंग्ल्याण्डकाे पहिलो जित

74
  •  
  •  
  •  

एजेन्सी । अष्ट्रेलियामा जारी आइसीसी टि–ट्वान्टी महिला विश्वकपमा इंग्ल्याण्डले पहिलो जित हात पारेको छ ।
बुधबारको खेलमा इंग्ल्याण्डले थाइल्याण्डलाई पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले २० ओभरमा दुई विकेट गुमाउँदै एक सय ७६ रन बनाएको थियो ।
पहिलो ओभरको दोस्रो बलमा खाता खोल्न नपाउँदैं इंग्ल्याण्डले ओपनर ब्याटर एमी जोन्सलाई पहिलो विकेटको रुपमा गुमायो ।

त्यसपछि सात रनमा इंग्ल्याण्डले दोस्रो विकेट गुमायो । अर्की ओपनर डानी वायटपनि शुन्य रनमा नै पेभेलियन फर्किइन । त्यसपछि इंग्ल्याण्डको पारीलाई नातालीया स्किभर र हिथर नाइटले सम्हाले ।

उनीहरुले तेस्रो विकेटका एक सय ६९ रनको साझेदारी गरेका थिए । जसमा नाइटले अविजित रहँदै एक सय आठ रनको शतकिय पारी खेलिन् भने स्कीभरले ५९ रनको योगदान गरिन ।

जवाफमा थाइल्याण्ड २० ओभरमा सात विकेट गुमाउँदा ७८ रनमा रोकियो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा नाताकान चान्तमले सर्वा्धिक ३२ रन बनाइन । यस्तै नानापाटले १२ रनको योगदान गरिन । यस्तै नरुइमोल चेइवेइले १९ रन बनाइन ।

बाँकी खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए । एक रन हुँदा पहिलो विकेट गुमाएको थाइल्याण्डले ४८ रनमा दोस्रो, ५० रनमा तेस्रो विकेट खेर फालेको थियो । लगातार विकेट झर्दा थाइल्याण्ड ७८ रनमा रोकिएको थियो ।


  •  
  •  
  •