एकदिवसीय वरियतामा नेपाल १६ औँ स्थानमा

78
  •  
  •  
  •  

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषदको एकदिवसीय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७ औं बाट१६ औं स्थानमा उक्लिएको छ ।

नेपालले घरेलु मैदानमा भएको विश्वकप क्रिकेट लिग२ अन्तर्गत ४ खेलमा २ जित निकालेको थियो । जसमा नेपालले अमेरिकालाई हरायो भने ओमानसँग दुवै खेलमा पराजित भएको थियो ।

नयाँ वरियतामा नेपालले १२ खेलमा २० रेटिङ अंक पाएको छ । नेपाल भन्दा तल नामिबिया, युएई, अमेरिका र पपुवा न्युगिनी रहेको छ ।


  •  
  •  
  •