एक दिवसीय क्रिकेटमा नेपालको दुर्लभ कीर्तिमान

अमेरिका ८ विकेटले पराजित
97
  •  
  •  
  •  

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग दुईमा नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गरेको छ ।
एकदिवसीय अन्तर्राष्ट्रियमा यो विश्व क्रिकेटमा सर्वाधिक कम योगफल हो ।

यसअघि जिम्बाब्वे ३५ रनमा आउट भएको थियो । तर जिम्बाब्वे भने १८ ओभरमा आउट भएको थियो । त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि अमेरिकाले ब्याटिङ गरेको थियो । जसलाई सन्दीप लामिछाने र सुशन भारीले सही तुल्याइदिए ।

अमेरिका १२ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै ३५ रनमा अल आउट भयो । जेभियरले १६ रन जोडदा अन्य खेलाडीले दोहोरो रन छुन सकेनन् ।

अमेरिकालाई लज्जास्पद नतिजामा समेटन सन्दिप लामिछानेले नेपलकै लागि ओडिआइमा सर्वा्धिक उत्कृष्ट बलिङ गरे । उनले छ ओभर बलिङ गर्दै एक मेडन सहित मात्र १६ रन खर्चेर छ विकेट लिए ।

यसअघि सोमपाल कामीले युएई बिरूद्ध ५ विकेट लिएका थिए । यस्तै सुशन भारीले ३ ओभर बलिङ गर्दै एक मेडन सहित ५ रन खर्चेर चार विकेट लिए ।

नेपालले यसअघि अमेरिकालाई ३५ रनले हराएको थियो । नेपाल ओमानसँग भने दुवै खेलमा पराजित भएको थियो ।


  •  
  •  
  •