काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ का लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ ।
टोलीमा दुई जना नयाँ अनुहारले स्थान पाएका छन् । यसका साथै अनुभवी खेलाडी सोमपाल कामी र वसन्त रेग्मीलाई आराम दिइएको छ भने कुशल मल्ल र कमलसिंह ऐरीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन् ।
नेपाल क्रिकेट संघ क्यानले मुख्य प्रशिक्षक उमेश पटवाल र प्रशिक्षक जगत टमाटाको सल्लाहमा १४ खेलाडीको सूची तयार पारेको हो । जसमा यू–१९ टिमबाट खेलिसकेका कुशल मल्ल र कमलसिंह ऐरीले पहिलो पटक टिममा स्थान बनाएका छन् ।
नेपालको राष्ट्रिय टिमः ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहोरा, कुशल मल्ल, कमलसिंह ऐरी, सुसन भारी, रोहित पोडैल, शरद भेषवाकर र ललितनारायण राजवंशी ।
रिजर्भ खेलाडीः पवन शर्राफ, सुवास खकुरेल, सन्दीप जोरा र किशोर महतो ।
माघ २२ गतेबाट सुरु हुने प्रतियोगितामा नेपालले पहिलो खेल ओमानसँग खेल्नेछ ।