आईसीसी एकदिवसीय क्रिकेट : अष्ट्रेलिया सेमिफाइनलमा

286
  •  
  •  
  •  

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा साविकको विजेता अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको खेलमा घरेलु टोली इंग्ल्याण्डलाई ६४ रनले पराजित गर्दै पाँच पटकको च्याम्पियन अष्ट्रेलिया दुई खेल अगाबै सेमिफाइनलमा पुगेको हो ।

लड्र्स क्रिकेट मैदानमा अष्ट्रेलियाले दिएको २ सय ८६ रनको मध्यम लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४४ ओभर ४ बलमा अलआउट हुँदै २२१ रनमा समेटियो । टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर २ सय ८५ रन बनाएको थियो । घरेलु टोलीलाई हराएसँगै अष्ट्रेलिया जारी विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बनेको छ ।

अष्ट्रेलियाले ७ खेलबाट १२ अंक जोडेको छ भने तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ । पराजित इंग्ल्याण्ड ७ खेलबाट ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ । इंग्ल्याण्डको पनि शीर्ष चारमा रहदै सेमिफाइनल पुग्ने सम्भावना कायम रहेको छ ।


  •  
  •  
  •