सगरमाथाको देशमा इवोला भाईरस आउन सक्दैन : स्वास्थ्यमन्त्री अधिकारी

118
  •  
  •  
  •  

काठमाडौं ४ भदौ (ओएनएस) : अफ्रिकी मुलुकमा देखापरेको प्राणघातक भाईरस इवोला रोगले विश्वभर आतंक मच्चाएको छ । १ हजार भन्दा बढि व्यक्तिको ज्यान गइसकेको सो रोग नेपालमा प्रवेश गर्न नदिनका लागि सरकारले हरेक तवरका विधि अपनाएको स्वास्थ्यमन्त्री खगराज अधिकारीले बताएका छन् ।

मिडिया इन्टरनेसनलले बुधवार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्यमन्त्री अधिकारीले सगरमाथा जस्तो देशमा इवोला भाईरस आउन नसक्ने बताए । अहिले सम्म कुनै पनि देशले इवोला भाईरसको भ्याक्सिन तयार गरेको छैन । इवोलाबाट जोगिनका लागि सरकारले पुर्व तयारी स्वरुप अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणहरु जडान गरिसकेको बताउदै मन्त्री अधिकारीले इवोला रोगको संक्रमण भएको आशंका भएमा सिधै टेकु अस्तपालमा लगेर परीक्षण गर्न सक्ने व्यबस्था सरकारले बनाएको बताए ।

मन्त्रि अधिकारीले अफ्रिकी तथा नाइजेरियाजस्ता मुलुकबाट नेपाल आउने पर्यटकहरुलाई पुर्णरुपमा जाँच गर्नका लागि मन्त्रालयले स्वास्थ्यकर्मी परिचालन गरिसकेको र त्यसका लागि सबै प्रकृया पूरा गरेको बताए । भाईरस नेपाल भित्रिन नदिन सरकारले सम्पुर्ण कदम चालिसकेको बताए ।
उनले कुनै पनि हालतमा इवोला लागिहाल्यो भने अन्य मानिसमा सर्न नदिनका लागि सरकार सक्षम रहने मन्त्री अधिकारीले बताए ।

इवोला भाईरसको शंका लागेमा तत्काल टेकु अस्पातालमा आइसुलेसन वार्ड राखिएको र तत्कालका लागि त्यहीँ विरामी राखिने बताउदै विभिन्न जिल्लाहरुका अस्पतालहरुमा पनि आइसुलेनस वार्ड राख्न सुरु गरिएको समेत उनले बताए । इवोला भाइरसलाई लिएर नडराउन आग्रह गर्दै मन्त्री अधिकारीले उक्त रोग नेपाल आउन नसक्ने पनि बताए ।


  •  
  •  
  •