‘सभापतिमा लड्न कुनै प्रलोभनले मलाई रोक्दैन’

163
  •  
  •  
  •  

दाङ, ४ माघ(ओएनएस) : नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सभापतिमा लड्नका लागि कुनै पनि प्रलोभनले नरोक्ने बताएका छन् ।

नेपाल प्रेस युनियन दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा उपसभापति पौडेलले पार्टी सभापतिको उम्मेदवारका रूपमा आफूलाई प्रस्तुत गर्दै प्रधानमन्त्री वा अन्य कुनै पद पाउने लोभमा परेर आफू पछाडि नहट्ने बताएका छन् ।

उनले आफूले पार्टी सभापति सुशील कोइरालाले जतिसुकै फकाएपनि आफू नफकिने र सभापतिमा लडेरै छाड्ने बताएका छन् । उनले आफूले सुशील कोइरालालाई सभापति र प्रधानमन्त्री बन्न सहयोग गरेको स्मरण गर्दै आसन्न महाधिवेशनमा सभापतिले आफूलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘कोइरालालाई सभापति बनाउन मैले सहयोग गरेँ, प्रधानमन्त्री बन्नका लागि पनि मेरो सहयोग पाउनु भयो । अब उहाँले मलाई सभापति बन्नका लागि सहयोग गर्नुपर्छ ।’

उनले काँग्रेसको परिवर्तनका लागि आफूले उम्मेदवारी दिने बताउँदै कांग्रेसमा परिवर्तन आउनु आवश्यक रहेको दावी गरेका छन् ।

कांग्रेसभित्रको कार्यशैली, व्यवहार र संरचना परिवर्तन गर्न आवश्यक रहेको भन्दै यी सबै कुराहरू नसुधारेसम्म पार्टी माथि उठ्न सक्दैन ।’
काँग्रेसको आसन्न महाधिवेशन मुलुकको निकासका निम्ति कोसेढुंगा सावित हुने बताउँदै उनले महाधिवेशनले मुलुकको नयाँ परिवर्तनलाई नेतृत्व गर्ने बताए ।


  •  
  •  
  •