अन्तत: एफबीआईले खोल्यो आईफोनको पोल

125
  •  
  •  
  •  

काठमाडौं ।
विश्वचर्चित अमेरिकन मोबाइल आइफोनको सुरक्षा प्रणाली संघीय जाँच ब्यूरो (एफबीआई) ले ह्याक गर्न सफल भएको छ।

एफबीआईले आईफोनको सुरक्षाप्रणाली ह्याकपछि गरेको अनुसन्धानबाट आईफोनको प्रयोग गरि अमेरिकाको एक स्कुलमा आतंकवादीले आक्रमण गरेको पुष्टि गरेको छ।

पाकिस्तानी मूलका एक अमेरिकी र उनका छिमेकीले सन् २०११ र १२ मा अमेरिकाको क्यालिफोर्नियास्थित एउटा माध्यमिक विद्यालयमा गरेको आक्रमणको छानबिनका क्रममा एफबीआईले आईफोन ह्याक गरेको हो ।

एफबीआईले आईफोन ह्याक गरेर त्यो स्कुलमा यी दुईजनाले आईफोनको सहयोगमा त्यो स्कुलमा आक्रमण गर्न सफल भएको प्रमाणित गरेको हो ।

आईफोनले आफ्नो मोबाइलको सुरक्षाप्रणालीलाई कसैले तोड्न नसक्ने दाबी गरिरहेका बेला एफबीआईले उसको सुरक्षाप्रणालीमा पसेर आईफोन अनलक गर्न सफल भएपछि आईफोनले गल्ती पनि स्वीकारेको छ ।

एफबीआईका अनुसार क्यालिफोर्नियाको स्कुलमा पाकिस्तानी मूलका सयेद फारुक र उनका छिमेकी अमेरिकी नागकरिक इन्रिक मार्क्वेजले आईफोनको मद्दतमा आक्रमण गरेका थिए ।

क्यालिफोर्नियाको स्कुलमा आक्रमण भएपछि एफबिआईले आईफोन अनलक गर्न एप्पलाई चेतावनी दिएको थियो । आफ्नो अनुसन्धानले आईफोन आतंकवादी गतिविधिमा प्रयोग भएको भन्दै एफबिआईले आईफोन अनलक गर्न दिएको चेतावनी गैह्रकानुनी भएको भन्दै एप्पलका प्रमखु टीम कुक अदालतसमेत गएका थिए । अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •