काठमाडौ, मंसिर : एप्पलको ग्याजेटप्रति मानिसको क्रेज निकै बढि छ । आईफोन ६ र आईफोन ६ प्लसको निकै सफलतापछि एप्पलले १२.२ ईन्चको आईप्याड निर्माण गरिरहेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
जापानको एक म्यागाजिन मेक–फनको रिपोर्ट अनुसार एप्पल सन् २०१५ अप्िरलदेखि जुनको बीचमा १२.२ इण्चको आइप्याड सार्वजनिक गर्न सक्छ ।
यस्तै, टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार मेक–फन म्यागाजिनले एप्पल आईप्याड एयर प्लस को पेन्टिङ छापेको छ
। यस म्यागाजिनमा एप्पलको नयाँ आइप्याड ए–९ प्रोसेसरसँगै चार वटा स्पिकर पनि हुन सक्छ ।
मेक–फनले नै आईफोन ६ र आईफोन ६ प्लस सार्वजनिक हुनुभन्दा पहिला त्यसका तस्विरहरु सार्वजनिक गरेको थियो ।