म ओलीको दिदी, भारत नेपालको दाजु : स्वराज

282
  •  
  •  
  •  

काठमाडौँ, १० फागुन(ओएनएस) : भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भाइको नाता लगाउँदै जन्मदिनको शुभकामना दिएकी छन् ।

सोमबार दिउँसो भारतको राजधानी नयाँदिल्लीमा इन्डियन इन्स्टिच्युट अफ वर्ल्ड अफेयरर्सको कार्यक्रममा बोल्दै स्वराजले आफू नेपालका प्रधानमन्त्री ओलीभन्दा ८ दिनले जेठी भएको बताउँदै ओलीलाई भाई भनेकी हुन् । यस्तै उनले भारत नेपालको बिग ब्रदर अर्थात् दाजु भएको बताइन् ।

उनले नेपाल र भारतबीचको सम्बन्ध सरकारी मात्र नभई जनताबीच पनि घनिष्ठ सम्बन्ध रहेको बताएकी छन् । उनले नेपाली जनताले परिपक्वता देखाएर समयमा नै नयाँ संविधान जारी गरेको बताउँदै त्यसका लागि नेपाली जनतालाई बधाई समेत दिएकी छन् । भारतले नेपालमा संविधान जारी भएपछि करिब ५ महिनापछि ओलीको भारत भ्रमणका क्रममा मात्र स्वागत तथा बधाई दिएको छ ।

उनले नेपालको संविधान जारी भएपछि देखिएको विरोधको अवस्थालाई सम्वोधन गर्न नेपाल सरकार र दलहरूले संविधान संशोधन गरेकोमा पनि स्वागत गरिन् ।


  •  
  •  
  •