हुण्डाई आइटेन १.१ एलको विक्री सुरु

118
  •  
  •  
  •  

काठमाडौं, २४ कात्तिक (ओएनएस) : हुण्डाईको नेक्स्ट जेनेरेसन आइटेन १.१ एलको विक्री सुरु भएको छ ।

नेपालका लागि हुण्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले आइतवारदेखि उक्त गाडीको विक्री सुरु गरेको हो । फरक डिजाइनको आइटेन १।१ एल गाडी आइतबार देखि नेपालको बजारमा विक्री सुरु गरिएको जनाएको छ । कम्पनीले ह्याचब्याक सेग्मेन्टमा नयाँ गाडी ल्याएको हो।
पेट्रोल इञ्जिनमा रहेको नयाँ मोडल दुईवटा भेरियन्टमा उपलब्ध रहेको छ । कम्पनीका अनुसार नेपालमा म्यागनाको २१ लाख ५६ हजार रुपैयाँ र स्पोर्टसको २२ लाख ५६ हजार रुपैयाँ पर्छ ।
हुन्डाई आइटेन उपभोक्ताले अत्याधिक रुचाउँदै आएको ह्याचब्याक गाडी हो ।

यसमा सात इन्च टच स्क्रिन अडियो सिस्टम र ब्लुटुथजस्ता विशेषताहरु छन् । कम्पनीले केही समयका लागि यस गाडीमा नगद छुट र एक वर्षे निःशुल्क बीमाको पनि व्यवस्था गरेको छ ।


  •  
  •  
  •