हाइपरसोनिक मिसाइल परिक्षण असफल भएपछि अमेरिका खिस्रिक्क

104
  •  
  •  
  •  

hypersonic-weaponsकाठमाडौ, १० भदौ(एजेन्सी) : अमेरिकी सेनाले निर्माण गरेको हाइपरसोनिक मिसाइललाई परिक्षण गरेको ४ सेकेण्डकै बीचमा नष्ट गरेको छ । पेन्टागनका अनुसार अलास्कामा सोमबार गरिएको परिक्षणका क्रममा हतियार नियन्त्रण भन्दा बाहिर गएपछि नष्ट गरिएको हो ।

अमेरिकी सेनाको यो परिक्षण यस्तो कार्यक्रमको एक हिस्सा हो, जहाँ हाइपसोनिक मिसाइल जमिनको कुनै पनि भागमा दुश्मनलाई निशाना बनाएर उसलाई ३० मिनेटमा नष्ट गर्न सक्छ । अमेरिकी रक्षा विभागका प्रवक्ता मारीन शूमैनले बताए अनुसार अलास्काको कोडिएक लन्च सेन्टरमा सोमबार बिहान ४ बजे मिसाइलको परिक्षणको क्रममा अनियन्त्रित भएपछि उक्त मिसाइल नष्ट गरिएको थियो ।

यसले कुनै पनि नोक्सान भने गरेन । परिक्षणका क्रममा ल्याण्डिङ गर्ने क्रममा समस्या देखिएपछि उक्त मिसाइल नष्ट गरिएको थियो । शुमैनका अनुसार एडभान्स हाइपरसोनिक हतियारको निर्माण सांडिया नेशनल लेबोरेट्री र सेनाले तीन चरणमा गरिएको थियो ।

हाइपरसोनिक हतियारलाई नष्ट भएपछि अमेरिकी कार्यक्रमलाई निकै तगडा झड्का लागेको छ । इरान र उत्तर कोरियाले ब्यालेष्टिक मिसाइल विकसित गरेपछि अमेरिकाले पनि आफ्नो प्रविधी विकासित गरेको हो । केही मानिसले यसलाई चीनसँग हतियारको होडको रुपमा लिएका छन् ।

सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडीज थिंक ट्याङ्कका रक्षा विशेषज्ञ एन्थोनी कार्डस्म्यानका अनुसार यो प्रविधी अमेरिका विरूद्ध साना देशहरू जस्तै इरान, उत्तर कोरियाको मिसाइल प्रविधीलाई जवाफ हुन सक्छ । रक्षा विशेषज्ञ जेम्स एक्टनले बताए अनुसार पेन्टागनले कुनैपनि बेला यस्तो कार्यक्रमको खूलासा गरेको थिएन । यो हतियार आतंकवादका अतिरिक्त चीन, इरान र उत्तर कोरियाको खतराबाट जोगिनका लागि समेत भएको बताइएको छ ।


  •  
  •  
  •