‘नेपालको जलविद्यत क्षमता १ लाख मेगावाट’

409
  •  
  •  
  •  

Ishwor-bajracharyaकाठमाडौ, ५ बैशाख : नेपालको जलविद्युत् उत्पादन क्षमतालाई ८३ हजार मेगावाट मानिँदै आएको छ । डा. हरिमान श्रेष्ठले मस्कोबाट विद्यावारिधि गर्दा तयार पारेको शोधपत्रमा उल्लिखित उक्त क्षमता ४८ वर्षदेखि यथावत् छ ।

तर, पछिल्लोपटक ‘नेपालको जलऊर्जा सम्भाव्यता र यसको उत्पादन तथा विस्तार’ विषयमा अनुसन्धान गरेका मेकानिकल इन्जिनियर ईश्वर बज्राचार्यले नेपालको जलविद्युत् उत्पादन सम्भाव्य क्षमता एक लाख तीन हजार तीन सय ४१ मेगावाट देखाएका छन् ।

बज्राचार्यल हालै अस्ट्रियाको भियाना युनिभर्सिटी अफ टेक्नोलोजीबाट ‘नेपालको जलऊर्जा सम्भाव्यता र यसको उत्पादन तथा विस्तार’ विषयमा विद्यावारिधि गर्ने क्रममा उक्त तथ्यांक प्रस्तुत गरेका हुन्।

उनको अनुसन्धानलाई भियाना युनिभर्सिटीले पारित गरी विद्यावारिधिको उपाधि दिएको हो। बज्राचार्यले सम्भाव्य परिमाणमध्ये ५० प्रतिशत जलविद्युत् आर्थिक तथा प्राविधिक रूपले उत्पादन गर्न सकिने देखाएका छन्।

नेपालका नदीनालाबाट र नदी प्रवाही (रन अफ रिभर) प्रकृतिको ऊर्जा परियोजना निर्माण गर्दाको अवस्थामा कति विद्युत् उत्पादन हुन सक्छ भन्ने मूल विषयमा उनले अनुसन्धान गरेका थिए।
– अन्नपूर्ण पोष्टबाट


  •  
  •  
  •