सुरु भएनन् बाढी प्रभावित विद्युत आयोजना

108
  •  
  •  
  •  

रक्षा रेग्मी
काठमाडौं १६ भदौ (ओएनएस) : बाढी पहिरोले अवरोध पु¥याएका विभिन्न विद्युत आयोजनाहरूको मर्मतसम्भार नहुँदा सञ्चालनमा आउन सकेका छैनन् । बाढी पहिरोको कारण ठप्प भएका तीन दर्जन आयोजनामध्ये सुनकोसी आयोजना मात्र आंशिक रुपमा सुचारु भएको नेपाल विद्युत प्राधिकरणका एक अधिकारीले बताए । अन्य आयोजना हालसम्म बन्द अवस्थामा रहेको उनले जानकारी दिए । उनका अनुसार हाल १० मेगावाटको सुनकोसी आयोजना मात्र सञ्चालनमा आएको छ । त्यही पनि पूर्ण रुपमा सूचारु भइसकेको छैन ।

अन्य आयोजना सुचारु हुन कति समय लाग्ने अन्योल नै छ । तर प्राधिकरणका प्रवक्ता शेयर सिंह भाट भने आफु यस विषयमा जानकार नभएको बताउँछन् । उनले ओएनससँग भने, ‘मलाई आयोजना बन्द भएको बारे जानकारी छैन ।’ उनले ममर्तसम्भारबारे पनि केही जानकारी नभएको जनाए ।
सिन्धुपाल्चोकको राम्चेमा गएको साउन १७ गते गएको भीषण पहिरोपछि सुनकोसी नदीमा आएको बाढी तथा नदी थुनिदा बनेको तालको त्रासका कारण नेपाल विद्युत प्राधिकरणको नियमनमा रहेको सातओटा आयोजना बन्द भएका छन् । त्यस्तै पर्वतको चुवास्थित १० मेगावाटको तल्लो मोदीखोला आयोजना ठप्प रहेको बताइएको छ । बाढी पहिरोले भोटेकोशी ४५ मेवा, तल्लो मोदीखोला १०, भैरवकुण्ड ३ मेवा , चाकुखोला ३ मेवा, सुनकोशी सानो २ दशमलव ५, मध्य चाकुखोला १ दशमलव ८, तल्लो चाकुखोला १ दशमलव ७८ लगायत आयोजनाहरू बन्द भएका छन् । यसबाट राष्ट्रिय प्रसारण लाइनमा ७७ दशमलव ८ मेवा विद्युत घटेको प्राधिकरणले बताएको छ ।

त्यस्तै सुदुरपश्चिमका १८ वोटा र बाग्लुङका २ लघु आयोजना बन्द भएका छन् । यी बाहेक देशभर करीव ३० मेगावाटका दर्जनौ आयोजना बन्द भएको बताइएको छ । विद्युत आपूर्ति कम भएपछि हाल लोडसेडिङ पनि बढेको छ ।


  •  
  •  
  •