विद्युत् आयोजना तत्काल शुरु गर्न माग

182
  •  
  •  
  •  

 

काठमाडौं ,१३ मंसिर (ओएनएस) : नेपाल विद्युत् प्राधिकरणका ट्रेड  युनियनहरुले  दूधकोसी, माथिल्लो अरुण , तामाकोसी ५ को अध्ययन प्रक्रिया तत्काल शुरु गर्न माग गरेका छन् ।

मुलुकमा चरम ऊर्जा संकट भइरहेको र सहजै अगाडि बढ्न सक्ने ती आयोजनाको कुनै पनि प्रक्रिया  अगाडि बढ्न नसकेको भन्दै उनीहहरुले यथाशीघ्र काम शुरु गर्न भनेका हुन् ।

प्राधिकरणमा कार्यरत पाँचवटा विभिन्न सङघ तथा संस्थाले प्राधिकरणको  नेतृत्व र ऊर्जा मन्त्रालयलाई समेत ती आयोजना अगाडि बढाउन अनुरोध गरेको नेपाल राष्ट«िय कर्मचारी सङगठनले जानकारी दिएको छ । कर्मचारी सङघसंस्थाका तर्फबाट शनिबार वित्रप्ति जारी सो माग राखिएको हो ।

आगामी दिनमा प्राधिकरणले सञ्चालन गर्ने जलविद्युत  आयोजनाको कुनै पनि तयारी नगरेको र सस्ता तथा आकर्षक नयाँ आयोजनासमेत पहिचान नभएको सन्दर्भमा पहिल्यै पहिचान भएका र आफ्नै स्वामित्वमा रहेका परियोजना अगाडि बढ्दामात्रै सहज हुने र संस्थाको साखसमेत बच्ने उनीहरुको  भनाइ छ ।


  •  
  •  
  •