आफ्नै श्रीमतीको अपहरण गर्न खोजेपछि

332
  •  
  •  
  •  

रौतहट। १ असार (ओएनएस) : श्रीमान श्रीमतीबीचको झगडा सामान्य मानिन्छ । एकछिन दन्किने केहीबेरमा निभ्ने । परालको आगोजस्तो । तर आफ्नै श्रीमतीको हत्यादेखि अपहरणका घटनासम्म हुने गरेका छन् । रौतहटमा यस्तै घटना भएको छ ।

रौतहटको रङ्गपुर गाउं विकास समिति वडा नम्बर ५ नयांबस्तिमा श्रीमती अपरहण गर्न खोजेपछि प्रहरीको फन्दामा परेका छन् । भारतीय जीप सहित एउटा समुह लिएर आफ्नै श्रीमतिको अपरहण गर्न पुगेका नवलकिसोर प्रसाद साहलाई प्रहरीले पक्राउ गरेको छ । भारतीय जीपमा आएका साह सहितको समुहले आफ्नै घरमा बसेकी जेठी श्रीमती भिखौनिया देबीलाई अपहरण गर्न लागेका बेला स्थानीय वासिन्दाले नियन्त्रणमा लिएका थिए ।

अपहरण गरी लाने क्रममा स्थानीयबासिन्दाले साहलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । प्रहरीले साह सहित उनका बुवा अनुठा साह, चालक शेष जबर र जीप नियन्त्रणमा लिएको हो ।
दुई जना भने फरार रहेका छन् । १५ बर्ष अघि भिखौनिया देबी संग बिबाह गरेका साहले विवाहको दुई बर्ष पछि अर्को विवाह गरेका थिए । उनले अपहरण गर्नाको कारण भने खुल्न सकेको छैन् ।


  •  
  •  
  •