विहेको चार दिनमै पति वेपत्ता भएपछि…

451
  •  
  •  
  •  

काठमाडौं ५ वैशाख (ओएनएस) :  बिहे गरेको चारदिनमै पति बेपत्ता भएपछि सप्तरी फत्तेपुर गाविस वडा नम्बर २ की एक युवतीको बिचल्ली भएको छ। चार महिनादेखि पति सम्पर्कविहीन भएपछि २० वर्षीया रिता धामी अलपत्र परेकी हुन्।
सँगै काम गर्ने २५ वर्षीय सनम चौधरीसँग प्रेम सम्बन्ध भएपछि दुईजनाले गत वर्ष माघ २१ गते सरस्वती पुजाका दिन प्रेमविवाह गरेका थिए।
रिताले बिहीबार राजविराजमा पत्रकार सम्मेलन गरेर बिहे भएको चारदिनपछि पासपोर्ट बनाउन राजविराज जान्छु भन्दै हिँडेका सनम हालसम्म नफर्केको बताइन्।
सासु मिनादेवी चौधरी र ससुरा दिपनारायणले प्रेम विवाह मन नपराएको र पतिलाई बाहिर भगाएको उनले आरोप लगाइन्।
आफूलाई एक्लो तुल्याएर पतिसँग सम्पर्कविहीन बनाएको भन्दै उनले महिला तथा बालबालिका कार्यालयमा निवेदन दिएकी छन्। ससुरा दिपनारायणको भने गएको चैत १२ गते निधन भैसकेको छ।
पति नआउनजेल आफूलाई गासबासको व्यवस्था मिलाउन ससुराले प्रहरीसमक्ष कागज गरेपनि सासूले अहिले ‘पाल्न सक्दिन’ भन्दै दुख दिने गरेको उनले बताइन्।
‘ममाथि दिनहुँ कुटपिट हुन्छ’, रिताले भनिन्, ‘सासूससुराले नै मेरो पतिलाई भगाएका हुन्। झिकाएर सँगै बस्ने व्यवस्था मिलाइयोस्।‘ अन्नपूर्णपोष्टबाट

  •  
  •  
  •