रक्सीले मातेकी श्रीमतीको आगो लगाएर हत्या

106
  •  
  •  
  •  

कैलाली, ३० पुस (ओएनएस) :  कैलालीका एक ब्यक्तिले रक्सीले मातिएकी आफ्नी श्रीमतिलाई आगो लगाई हत्या गरेका छन् । कैलाली जोशीपुर–८ का महेन्द्र कठरियाले आफ्नै श्रीमती मीरा कठरियाको आगो लगाएर हत्या गरेका हुन् ।

सोमबार राति गाँउमा लागेको मेलामा रक्सी खाएर अबेर राति घर फर्किएकी मीरा आगनमा ढलेको देखेपछि आक्रोसित बनेका महेन्द्रले शरीरमा गहुँको भुसा र मट्टीतेल खन्याएर आगो लगाएका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मीराको घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरी हिरासतमा रहेका महेन्द्रले श्रीमतीलाई आगो लगाएर हत्या गरेको स्वीकार गरेका छन् । महेन्द्रले बारम्बार मदिरा सेवन नगर्न सम्झाउँदा पनि नमाने पछि आवेगमा आई आफूले हत्या गरेको बयान प्रहरी समक्ष दिएका छन् । घटनापछि उनका नाबालक चार छोराछोरीको विचल्ली भएको छ ।


  •  
  •  
  •